बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मकवानपुर प्रहरीद्वारा लागू औषध नाइट्रोभेट सहित दुईजना पक्राउ

आइतबार, पुष २३ २०७४

 काठमाडौं पुस, २३–
मकवानपुर प्रहरीले लागू औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पुस २२ गते शनिबार ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले  मनहरी गाउँपालिका  वडा नं. ७ स्थित प्रहरी चेकपोष्टमा सवारी साधन चेक जाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको  हो ।  प्रहरीले चेक जाँच गर्ने क्रममा हेटौडा बाट चितवन तर्फ जादै गरेको ना. ४२ प. ४६४७ नं. को स्कुटरमा सवार सोही स्कुटरमा  चितवन रत्ननगर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ को संजय चौधरी र सोही ठाँउ  बस्ने वर्ष २६ को संजय भुजेललाई पक्राउ गरेको जनाएको  छ ।   स्कुटरको (फुट प्यानल) भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १९ पत्तामा ५७० ट्याब्लेट र रेस्काप ३ बोत्तल सहित उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ ।  प्रहरीले उनीहरुलाई लागू औषध ऐन २०३३ बमोजिम  दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।