बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिलो अन्तरिक्ष यात्राको नेतृत्वकर्ता जन योङ्गको निधन

आइतबार, पुष २३ २०७४

 पहिलो अन्तरिक्ष कार्यक्रमको नेतृत्व गरेका अमेरिकी अन्तरिक्षयात्री जन योङ्गको निधन भएको छ।

८७ वर्षको उमेरका उनि हालसम्मै सार्वाधिक समय अन्तरिक्षयात्रीका रुपमा काम गरेका उनले एपोलो र जेमिनिसहितका अन्तरिक्ष अभियानमा सहभागिता जनाएका थिए।

६ पटक अन्तरिक्षको भ्रमण गरेका उनले सन् २००४ मा अवकाश लिनुअघि  अमेरिकी अन्तरिक्ष संस्था नासामा ४२ वर्ष काम गरेका थिए। जेमिनि, एपोलो र अन्तरिक्षयान कार्यक्रम अन्तर्गत काम गर्ने उनी एकमात्र व्यक्ति थिए।

सन् १९३० मा सान फ्रान्सिस्कोमा जन्मिएका योङ्गले जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एइरोनोटिकल इन्जिनियरिङको पढाइ पूरा गरे र त्यसपछि अमेरिकी नौसेनामा परीक्षण पाइलटका रुपमा काम गरेका थिए।

सन् १९६२ मा नासामा अन्तरिक्षयात्रीको जागिर शुरू गरेका उनले सबैभन्दा पहिले सन् १९६५ मा ‘जेमीनी थ्री’ मिशन अन्तर्गत अन्तरिक्षमा गएका थिए। पृथ्वीको परिक्रममा गरिरहँदा उनले लुकाएर पुर्‍याएको स्यान्डवीच आफ्ना सहकर्मी गुस ग्रिसस्मलाई दिएका थिए।

नासाले उक्त कदमका लागि उनको आलोचना गरेको थियो। सन् १९६९ को मे महिनामा चन्द्रमाका लागि उडेको अन्तरिक्ष तयारी मिशन ‘एपोलो टेन’मा पनि उनी सहभागी थिए।

एपोलो टेन मिशनको नेतृत्व गरेका योङ्गले त्यसको दुई महिनापछि ‘एपोलो इलेभेन’ मिसनले चन्द्रममा अवतरण गरेको थियो। सन् १९७२ मा ‘एपोलो सिक्सटिन’ मिशनको टोली नेताका रूपमा चन्द्रमामा हिँडेका थिए।

त्यसबेला उनी र उनका सहकर्मी चार्ल्स ड्युकले चन्द्रमाबाट चट्टान र माटोको नमुना सङ्कलन गरेका थिए। सन् १९८१ मा योङ्गले नासाको पहिलो ‘स्पेस सटल’ कोलम्बियाको उद्घाटन उडानको नेतृत्व गरेका थिए।

त्यसको दुई वर्षपछि कोलम्बियाको नेतृत्व गर्दै पहिलो ‘स्पेसल्याब’ मिशनमा उडेपछि उनी ६ वटा अन्तरिक्ष अभियानसँग जोडिने पहिलो व्यक्ति बनेका थिए।

विस्फोट
त्यो नै उनको अन्तिम अन्तरिक्ष यात्रा थियो। सन् १९८६ मा उनले अर्को अन्तरिक्ष उडानको नेतृत्व गर्ने बताइएको थियो तर त्यसैवर्षको शुरूमा ‘च्यालेन्जर’ नामक अन्तरिक्षयान विस्फोट भएपछि त्यसलाई रद्द गरिएको थियो।

विश्वले एक जना अग्रणी व्यक्ति गुमाएको  नासाले  प्रतिक्रिया दिएको छ। नासाका अनुसार निमोनियाँसँग सम्बन्धित समस्याबाट शुकवार बिहान उनको मृत्यु भएको हो।

‘जोन अन्तरिक्ष अग्रणीहरूको त्यो समूहमा थिए जसको वीरता र प्रतिबद्धताका कारण राज्यले अन्तरिक्षमा पहिला महान् उपलब्धिहरू हासिल गर्‍यो,’ रोबर्ट लाइट्फूट्ले भने। विविसी