बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन् २०१० पछि काठमाडौंको तापक्रम फेरि शून्यमा झर्यो

आइतबार, पुष २३ २०७४

काठमाडौं पुस, २३–
काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । लगातार चिसो बढेपछि  ८ बर्ष पछि  काठमाडौंको तापक्रम शून्यमा झरेको हो । गतबर्ष  काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।

 आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको. तापक्रम जुम्लापछिको कम हो । 

तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।

 

उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ । 

महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

 सबैभन्दा चिसो तापक्रम  जुम्लामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान ८ः४५ बजे जुम्लाको तापक्रम  माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ ।