बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खेलाडीको दुःख भविष्य खोज्दै कप्तानसहित महिला फुटबलरले देश छाडे

आइतबार, पुष २३ २०७४

२३ पुस, काठमाडौं–सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन । एपीएफबाट व्यवसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन्। तर राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगमा भने सजना उपस्थित छैनन । लिग हुन केही दिन अघि सजना दुबईतर्फ लागिन फुटबललाई चटक्कै छाडेर । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सजनासँगै राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छिन् । नमितासँगै टोलीका महत्वपूर्ण खेलाडी दुबई पुगिसके ।

पुलिसकी सहायक प्रशिक्षक चन्द्र भण्डारीका अनुसार एकैपल्ट तीन खेलाडी नहुनुले टोलीलाई निकै समस्या परिरहेको छ ।

‘नमिता, सुधा(लामा) र रीना(भुभाजु) को अनुपस्थितिले टोलीमा पक्कै समस्या परेको छ ।

राष्ट्रिय टोलीकी कप्तान पलायन हुनु र प्रशिक्षकविनै राष्ट्रिय टोली छनोट हुनुले समस्या जटिल बन्दै गएको छ ।

लिगको अवधारणादेखि खेलाडीको स्तर बारे सम्बन्धित निकायले बेलैमा उचित कदम नचाल्ने हो भने महिला फुटबलको भविष्य अन्धकारतर्फ मोडिने खेलाडीहरुकै बुझाइ छ ।