बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गर्जिए विप्लवः ‘अहिलेको सत्ता दलाहरुको हो अब छिट्टै उनीहरुको निद हराम हुन्छ’

शुक्रबार, पुष २१ २०७४

 

काठमाडौं पुस, २१–
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनताको हातमा सत्ता नआएसम्म जनताले मुक्तीको स्वास फेर्न नपाउने बताएका छन् । महासचिव विप्लवले विभिन्न स्थान र समयमा आफ्ना धारणा सार्वजनिक गर्दै यस्ता कुरा वारम्बार बताउदै आएका छन् । 
उनले अहिले जनताका अधिकार प्रदान गर्ने सत्ता स्थापना नभएको भन्दै त्यसको लागि विद्रोहको जरुरी भएको बताउने गरेका छन् । जनताको सत्ताको नाममा अहिले पुँजीवादी तथा दलाल सत्ता मात्र भएको उनको भनाई छ । 
 जसलाई फाल्न नेपालमा बारम्बार विद्रोह र क्रान्ति हुने गरेको उनको भनाई छ ।  जनयुद्धले यसको अन्त्य नजिक पु¥याएको पक्कै हो तर पुराना र नयाँ दलालहरु मिलेर यो संभावनाको घाँटी निमुठेको उनको तर्क छ । 

एमाले—माके गठबन्धनलाई जनताको विजय भनेर चिच्याएको पनि देखिन्छ भन्दै उनले नेपाली जनतालाई पुनः दलाल पुँजीवादी सत्ताकै पैतलामुनी पु¥याएको आरोप लगाए । सत्ता जनताको हातमा नआएसम्म पुरानो सत्ताभित्र कांग्रेस, एमाले, माके जो गए पनि ती दलाल पुँजीवादी सत्ता कै कारिन्दा भएको विप्लवले दावी गरे ।

‘उनीहरु दलाल सत्ताको जुवा र हलोमा जोतिनु र चुटाइ खानुबाहेक कुनै विकल्प छैन । तसर्थ, पहाडीले जसरी लुटतन्त्रलाई लोकतन्त्रको पगरी गुथाएर क्रान्तिकारी जनता र योद्धाहरुविरुद्ध रोष पोखेका छन् , त्यो न लोकतन्त्रको सन्देश हो नत मानवाधिकार कै चिन्ता हो । त्यो त लुटेराहरुको सत्ता खतरामा परेपछि दलालहरुमा पैदा भएको आतङ्कको चित्कार मात्र हो ।’ विप्लवले भने

लुटतन्त्रको रक्षार्थ दलाल दल, नेता र पहाडी जस्ता ‘मानवाधिकारवादी’हरुले जति चित्कार छोडे पनि जनताको सत्ता वैज्ञानिक समाजवाद प्राप्त नभएसम्म विद्रोह र क्रान्तिलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । जनतालार्इ ठग्ने ठगहरुको अव नेपालमा छिटै चिहान हुने भन्दै विप्लवले जनताको चोटको सामना गर्न तयार भएर वस्न चेतावनी दिए ।