काठमाडौं पुस, २०–
नेपाली सेनाका जर्नेल रमेश बिष्टमाथि सैनिक अदालतमा मुद्दा चलेको छ । कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोप लागेपछि उनलाई मुद्दा चलेको हो ।
स्रोतका अनुसार सहायकरथी विष्टलाई सैनिक हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।
प्रहरी अनुसन्धानबाट कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत सहायक टेलर दिपिका रेग्मीले बिष्टको खातामा पैसा ट्रान्सफर गरेको खुलेको हो ।
बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको बताइएको थियो ।
बिष्टलाई उपत्यका प्रितना नारायणहिटीमा राखेर बयान लिइएको छ ।
आरोप पुष्टि भएमा र गल्ती देखिएमा कोर्टमार्सल हुने सैनिक ऐनमा व्यवस्था रहे पनि अहिले आरोप पुष्टि भइनसकेको बुझिएकिो छ ।