बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र ‘चङ्गाचेट’ मा आयुष्मानको टुंगो

बुधबार, पुष १९ २०७४

काठमाडौं पुस, १९–
नायक आयुष्मान देशराज जोशी चलचित्र ‘चङ्गाचेट’ मा अनुवन्ध भएका छन् । चलचित्र  ‘चपली हाइट २’ बाट सिने जगतमा  डेब्यू  गरेका आयुष्मानका लागि यो चौथो चलचित्र हुनेछ ।  आयुष्मान  ‘चङ्गाचेट’ मा अनुवन्ध भएको   निर्देशक दिपेन्द्र के खनालले पुष्टि गरेका हुन् । निर्देशक खनालका अनुसार  यो चलचित्रको  स्कृप्ट मन पराएपछि सम्झौता गर्न राजी भएका हुन् । उनीसँग लिखित सम्झौता भने बिहिबार मात्र हुने निर्देशक खनालको भनाई छ ।  यसअघि पनि खनालमार्फतनै  आयुष्मानले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका नायक हुन् । 

युवा वर्गको कथा वस्तु समेटिएको चलचित्रलाई माधव वाग्लेले निर्माण गर्ने भएका हुन्  ।  निर्देशक खनालका अनुसार यो चलचित्र कमेडि बेसमा बन्नेछ  । ‘चङ्गाचेट’मा आयुष्मानसँगै ऋचा शर्मा, अर्पण थापा, रविन्द्र झा लगायत कलाकारको मुख्य भूमिका रहने लगभग टुंगो लागिसकेको बताईएको छ । ऋचा र अर्पणको जोडी फेरि योख चलचित्रमा पनि दोहोरिने भएको हो । पछिल्लो समय निकै चलचित्रमा यो जोडी सँगै देखिएका छन् । अझैं केही मुख्य कलाकारको भने टुंगो लागि नसकेको निर्देशक खनालले बताए । काठमाडौं, जनकपुर र पोखरामा  छायांकन गरिने यो खचलचित्रलाई निरज कंडेलले खिच्ने भएका छन् । त्यस्तै, अर्जुन पोखरेल र  राजनराज शीवाकोटीले संयुक्त रुपमा संगीतकारको भूमिका निभाउने निर्माण टिमले जनाएको छ । 
चैत्र १ गतेबाट फ्लोरमा जाने चलचित्रलाई अर्को बर्षको श्रावण, भदौसम्म प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ । निर्दैशक खनाल यसअघि यही प्रजेक्टका लागि महंगो पारिश्रमिकमा अनुबन्ध भएको सिने जगतमा  निकै चर्चा समेत चलेको थियो ।