काठमाडौ पुुस, १८–
बुुधवार नेपाल राष्ट्र बैकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र पठाउने भएको छ । सोझै खरिद बोलकवोल मार्फत उक्त परिमाणम बिकास ऋणपत्र खरिद गरी बजारमा लगानीयोग्य रकम पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा फाईनान्स कम्पनीहरुमा तरलता अभाव (लगानी योग्य रकमको अभाव) भएपछि राष्ट्र बैकले यसअघि आफूले बिक्री गरेको बिकास ऋणपत्र आफैले खरिद गरी बजारमा नगद रकम पठाउन लागेको हो । अपरान्ह दुुई बजेसम्म बोलकवोलको मिती तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री गर्न चाहने काउन्टर पार्टीले बिक्री गर्न चाहेको बिकास ऋणपत्रको सिरिज नम्वर, परिमाण र कति मूल्यमा बिक्री गर्ने हो सो समेत उल्लेख गरी राष्ट्र बैकमा आवेदन दिनुुपर्ने छ ।