बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आमा बन्दैछिन नायिका निशा अधिकारी

सोमबार, पुष १७ २०७४

काठमाडौं पुस, १७–
नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन् । करिब ५ महिना पहिले मात्रै क्रिकेटर शरद भेस्वाकरसँग बैबाहिक बन्धनमा बाँधीएकी निशाले आफु आमा बन्न लागेको खुलासा गरेकी हुन् । अंग्रेजी नयाँ बर्षको अबसर पारेर नायिका अधिकारीले आफ्नो  फेसबुक पेजमा  दुईजिउको तस्विर सार्वजनिक गर्दै आफ्ना फ्यानहरुसँग खुशी साटेकी हुन् । 

गत जुन ३० मा वैवाहिक जीवनमा बाँधिएको यो जाडीको लामो समयसम्म प्रम सम्बन्ध चलेको थियो । 
नायिका निशा आफैले निर्माण गरेको चलचित्र  ‘झ्यानाकुटी’ मंसिर १ बाट प्रदर्शनमा आएको थियो ।   अब आमा बन्ने भएपछि सायद निशा अधिकारी केही समय आफ्नो नियमित कामबाट विश्राम लिने लगभग निश्चित जस्तै छ ।   तर, उता निशाका खेलाडी पती  शरद भने छिट्टै नै डिभिजन २ को तयारीमा लाग्दैछन्  । केहि दिन अगाडी मात्र घरेलु प्रतियोगिता ‘ईपिएल’मा शरद कप्तानी रहेको ‘भैरहवा ग्ल्याडीएटर्स’ उपविजेता बनेको थियो ।