बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकालाई धम्की, परमाणु बमको बटन किम जोङको डेक्समा

सोमबार, पुष १७ २०७४

उत्तर कोरिया–
उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकालाई चेतावनी दिँदै न्युक्लियर (परमाणु) बमको बटन सधै आफ्नो डेक्समा भइरहने बताएका छन् ।   उनले  अमेरिकाले उत्तर कोरियाविरुद्ध कहिल्यै युद्ध गर्न नसक्ने समेत  दाबी गरेका छन् । 

टेलिभिजनमा आफ्नो नयाँ बर्षको भाषणमा किम जोङ उनले उत्तर कोरिया परमाणु हतियारले भरिपूर्ण रहेको बताउँदै भनेका छन्, ‘यो धम्की होइन वास्तविकता हो । ’
दक्षिण कोरियाको बारेमा भने किम अलिकति नरम देखिएका छन् । उनले संकेत गरेका छन् कि उनी दक्षिण कोरियासंग कुराकानी गर्न तयार छन् ।
किमले उत्तर कोरियाले  सोलमा हुने विन्टर ओलम्पिकमा टीम पठाउन सक्ने समेत बताए । 
उत्तर कोरियाले गरेका कयौ नयाँ मिसाइल परीक्षण र परमाणु कार्यक्रमको कारणले नाकबन्दी झेल्दै आएको छ ।  
विश्वका धेरै देशहरु उत्तर कोरियासंगको सम्बन्धबाट टाढा नै छन् । तर ती सबैको वेवास्ता गदै उत्तर कोरियाले ६ वटा भूमिगत परिक्षण गरी सकेको छ । 
नोभेम्बर २०१७मा उसले ह्वासोंग–१५ मिसाइलको परिक्षण ग¥यो । यो मिसाइल ४ हजार ४ सय ७५ किमि सम्म गयो । यो अन्र्तराष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा दश गुण बढी उचाइ हो । 
उत्तर कोरियाले दाबा गरेको छ कि उससँग परिक्षणको लागि परमाणु हतियार तयार छ  ।  
नयाँ बर्षको उपलक्ष्यमा भाषणमा किम जोंगले हतियार नीतिमा जोड दिएका छन् । उनले भने‘उत्तर कोरियाले धेरैमात्रामा परमाणु हतियार र व्यालेस्टीक मिसाइल बनाउनु पर्छ र तीनलाई तैनाथ गर्ने काम तीब्र रुपमा गर्नपर्छ ।’
किमले यो बर्ष दक्षिण कोरियासंग सम्बन्ध सुर्धने आसा व्यक्त गरे । 
दुइ देशबीच निरन्तर सम्बन्धमा उतार चढाउ छ । यस्तो अवस्थामा किम जोंग उनमा आएको परिवर्तन ध्यानदिन योग्य छ । 
किम जोंगले भनेका छन् ‘फेरवरीमा प्योंगयांगमा हुने  खेलहरुमा प्रतिनिधहरु पठाउने कुरामा विचार गरीरहेका छौ ।’ दक्षिण कोरियाले भनिसकेको छकि ‘यस्ता कुनै पनि कदमको स्वागत गरिने छ ।’ 
किमले भने‘विंटर ओलम्पिकमा उत्तर कोरियाको सहभागीता एकता देखाउने सबै भन्दा राम्रो मौका हुने छ । हामी आसा गर्छौ कि यो खेल पूर्णरुपमा सफलतासाथ सम्पन्न होस्।’एजेन्सी