बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कमल थापालेनै दिलनाथलाई मन्त्रीबाट बर्खास्त गर्न सिफरिस गरे

शुक्रबार, पुष १४ २०७४

 

काठमाडौं पुस, १४–
सहरी विकासमन्त्री दिलनाथ गिरीलाई उनकै पार्टी राप्रपाले बर्खास्त गर्न सिफारिस गरेको छ । 
मन्त्री गिरीलाई बर्खास्त गर्न राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा स्वयमले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका हुन् । 

बिहीबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच चर्काचर्की भएको थियो । थापाले बेठकमा गिरीको राजीनामा मागेका थिए । तर, उनले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने हो भनेका थिए ।
राप्रपाका एक नेताले जनाए अनुसारशुक्रबार नै पार्टीको बैठक राखेर अध्यक्ष  थापाले  गिरीलाई हटाउनेबारे छलफल गरेका हुन् ।
सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।