बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

शुक्रबार, पुष १४ २०७४

काठमाडौं  पुस, १४–
यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको छ । सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाले आफूसँग वार्गेनिङ गरिरहेको भन्दै सिरोहियाबाट आफूलाई खतरा रहेको भन्दै प्रशासनमा निवेदन दिएपछि यो विवाद अझै चरमचुलीमा पुगेको हो ।

बिहिबार दिनभर काठमाडौंमा रहेका व्यवसायी सुमार्गी आफ्नो व्यवसायीक कामको सिलसिलामा दुबई गएसँगै कान्तिपुर दैनिकले पक्राउ पर्ने भयले उनी बिदेश भागेको भन्ने समाचार प्रकाशन गरेको छ । उक्त समाचारको सुमार्गी परिवारले खण्डन गर्दै अजेयराजको चरित्रहत्या गर्ने काम गरेको बताएको  छ ।

सुमार्गी विहिवारको फ्लाई दुबईको साढे ३ बजेको उडानमार्फत  दुबई प्रस्थान गरेका हुन् । उनी दुबईमा दुई दिन रहने उनको पारिवारिक स्रोतले जानकारी गराएको छ । त्यस्तै, पूर्व गभर्नर युवराज खतिवडालाई पुल बनाएर कान्तिपुरले पाठकलाईनै भ्रमित पार्न खोजेको उनी निकट स्रोतको दाबी छ । 
उता अजेयराजका भाई समेत रहेका व्यवसायी अरुण सुमार्गीलाई पनि कान्तिपुर दैनिकले आफ्ना दाजुलाई जोगाउन प्रभावशाली मन्त्रीसँग भेटघाट गरेको आरोप लगाएको छ । उक्त आरोपको खण्डन गर्दै अरुणले आफ्ना केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । प्रभावशाली मन्त्रीसँग भेटघाट गरेको भनिएको समयमा उनी आफ्नै गृहजिल्ला मकवानपुरको हेटौडा नगरपालिकाको धार्मिक कार्यक्रममा व्यस्त रहेको उनी  निकटहरुको  भनाई रहेको  छ । उनले विहिबार दिनभर हेटौडाका धार्मिक कार्यक्रममा सहभागी भएका तस्विरहरु सार्वजनिक समेत गरेका छन् ।  उनी  बिहिबार दिनभर हेटौडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतसँग धार्मिक कार्यक्रममा सहभागी रहेका तस्विर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।  साथै, उनले आफूले जन्मदिन मनाएका तस्विरहरु समेत सार्वजनिक गरेका छन् । भोलि उनी मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुने जनाईएको  छ । 
सुमार्गीलाई दबईमा प्रहरीले  समाउन सक्ने भन्ने तथा दिनभर धार्मीक कार्यक्रममा सहभागी व्यक्तिलाई प्रभावशाली मन्त्री भेट्न पुगेको भन्ने समाचार सम्प्रेशण गर्दा एउटा बिग हाउसको मिडियाको पाठकमाझको विस्वसनियता कहाँ पुग्ला ? प्रश्न उठेको छ ।