बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मोहन वैद्य भन्छन्ः ‘एमाले–माओवादी एकता होईन, माओवादी एमालेमा विलय हुन लागेको हो’

बिहिबार, पुष १३ २०७४

बुटवल पुस, १३–
एकातिर नेपालमा वाम गठवन्धनमा आवद्ध दलहरुको पार्टी एकताको चर्चा चलिरहेको छ भने अर्कोतिर मोहन वैद्य तथा नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु पार्टी एकता गर्दै नयाँ जनवादी क्रान्तीको तयारीमा लाग्ने बताउन थालेका छन् । प्रदेश नं. ५ को प्रशिक्षण कार्यक्रममा बुटवल पुगेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएकाले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको घोषणा गरेका हुन् । 

 प्रशिक्षण कार्यक्रमलाई बुटवलमा उद्घाटन गर्दै नेता वैद्यले  सच्चा क्रान्तिकारीलाई गोलवद्ध गरेर प्रतिक्रान्ति रोक्ने दाबी गरेका हुन् । 
नेत्रविक्रम चन्द विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्ने गरी छलफल भैरहेको नेता वैद्यको भनाई छ । 
मुलुकमा बनेका दुई वाम तथा लोकतान्त्रिक गठबन्धन जनताका लागि नभएर पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेको उन भनाई छ । 

वहुदलीय र वहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पाँच दलीयवाद लाद्न खोजेको समेत उनको आरोप थियो । 

 एमालेसँग माओवादी केन्द्रको एकता नभएर विलय हुन लागेको वैद्यको भनाई छ ।