बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मोटरसाइकल हराएका ३० धनीले पाए आफ्नै मोटरसाइकल, तर, कसरी ?

बुधबार, पुष १२ २०७४

काठमाडौं पुस, १२–
बुधबार ट्राफिक प्रहरीले ३० वटा चोरीका मोटरसाइकल सवारी धनीलाई बुझाएको  छ । काठमाडौंको बग्गी खानामा जम्मा गरेका ३० वटा मोटरसाईकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । 

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार पीडितले दिएको उजुरीको आधार धनी पत्ता लगाइएको मोटरसाईकल हस्तान्तरण गरिएको हो । महाशाखाका अनुसार बग्गीखानामा अझै २७ वटा चोरी मोटरसाईकल रहेका छन् ।   उनीहरुको पनि धनी पत्ता लगाउन अनुसन्धान भईरहेको  प्रहरीको भनाई रहेको छ । 
महाशाखाले काठमाडौं उपत्यका भित्रबाटै धेरैजसो मोटरसाइकल चोरी भएको पनि स्पष्ट पारेको छ । चोरी मोटरसाईकल बेच्न खोज्ने क्रममा ग्यारेजमा पु¥याएपछि नियन्त्रणमा लिन सफल भएको ट्राफिक महाशाखाले जनाएको छ । 

केही मोटरसाईकल बेवारिसे अवस्थामा छाडिएको भेटिएको पनि बताईएको छ । उता  धनी नखुलेका चोरीका मोटरसाईकल भने आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेको  महाशाखाले जनाएको छ ।