बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५२ औ जन्मदिन मनाउदै बलिउड नायक सलमान खान

बुधबार, पुष १२ २०७४

 

काठमाडौं पुस, १२–
आज बलिउड स्टार सलमान खानको जन्मदिन हो । नेपाली समय पुस १२ अर्थात डिसेम्बर २७ बलिउडमा जन्मिएका बलिउडका चर्चित स्टार  सलमान बलिउडका एक सफल नायक मानिन्छन्   । उनले आज आफ्नो  ५२ औ जन्मदिन मनाईरहेका छन् । सन् १९६५ डिसेम्बर २७ मा यी बलिउड  नायकले यो धर्तीमा पाईला टेकेका थिए । नायक सलमानले आज आफ्नो जन्मदिनको उपलक्ष पारेर आफ्नो घरमा बिशेष कार्यक्रमको आयोजना समेत गरेका छन् । नायक खानलाई शुभकामना प्रदान गर्न आज बिहानैदेखि उनको घरमा बलिउड कलाकारहरुको निरन्तर आउ जाउ चलिरहेको  छ । बेलुका सलमानको घरमा बिशाल जन्मदिनको पार्टीको समेत तयारी भैरहेको  छ । ५२ बर्षमा टेकेका सलमान बलिउड कलाकारमध्ये सबैभन्दा धनी कलाकारका रुपमा चिनिन्छन् । तर, रोचक पक्ष के छ भने सलमान पुख्र्याैली सम्पती धेरै भएर बलिउड उद्योगमा छिरेका होईनन् । उनी निकै संघर्ष गर्दै अहिलेको स्थानमा पुग्न सफल कलाकार मानिन्छन् । गएको शुक्रबारदेखि उनै सलमान खानको अभिनय रहेको फिल्म  ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको छ । यो चलचित्रले अहिले अत्याधिक राम्रो कलेक्सन समेत गरिरहेको छ । यसअघि प्रदर्शनमा आएका चलचित्रको रेकर्ड तोड्ने अभियानमा यो चलचित्र लागिरहेको देखिन्छ । यो जन्मदिनमा उनलाई डबल सेलिब्रशनको अवसर जुटेको छ । उनी स्टारर चलचित्र “टाईगर जिन्दा है ” ले चारदिनमा १५० करोड भारु कलेकशन गरेको छ । चाइनिज खानपिनका पारखी सलमान खानलाई हाम्रो पनि जन्मदिनको शुभकामना । 

सलमान शीला चरक र सलिम खानका जेठा सन्तानका रुपमा जन्मिएका हुन्  । उनका बाबु मस्लिम  हुन् भने  आमा चाहिं हिन्दु परिवारकी हुन् ।