बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले–माओवादीबीचको दुरी बढ्न थाल्यो, केपी ओली नै माओवादी बाहेकको सत्ता समिकरण बनाउन लागेको खुलासा !

मंगलबार, पुष ११ २०७४

काठमाडौं पुस, ११–
गएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि वाम गठवन्धन गरेका एमाले र माओवादीले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा समेत गरेका थिए । तर, निर्वाचन सम्पन्न भएको तीन साता बित्न लाग्दासम्म एमाले र माओवादी केन्द्रका सार्वजनिक भनाई हेर्ने हो भने उनीहरुको गतिबिधि एकता हुने भन्दा पनि नहुने दिशातिर अघि बढेको देखिन्छ । निर्वाचन लगत्तै एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले चिढिएको माओवादी केन्द्र पछिल्ला चरणमा एमाले अध्यक्ष केपी ओलीका राजनीतिक भेटघाटले झन् चिढिन पुगेको नाम बताउन नचाहाने माओवादीका एक नेताले जानकारी गराए । पछिल्लो समय माओवादीलाई पार्टी नेतृत्व सुम्पिने कुरामा एमाले अध्यक्ष ओली केही अनुदार देखिन थालेको माओवादी बुझाई समेत देखिन्छ । केपी ओलीले माओवादी बाहेकको सत्ता समिकरणको समेत परिकल्पना गर्न थालेको कुराहरु सार्वजनिक भैरहेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भेटेपछि माओवादी अझ धेरै झस्किएको छ । उपेन्द्रलाई भेटेर ओलीले सरकार बनाउने कसरत गर्न थालेपछि माओवादीमा खैलाबैला उत्पन्न भएको माओवादी स्रोतले जनाएको छ । माओवादीले एमालेसँग सरकार गठन गर्ने तथा पार्टी एकता गर्ने पक्षमा आफू उभिदै आएको तर, एमालेका पछिल्ला गतिविधि शंकांस्पद हुने गरेको बताउछ । 
एता एमालेले भने माओवादीविना पनि सरकार निर्माण गर्न सकिने अंकगणित सुरु गरेको छ । 
सरकार बनाउने आबश्यक संख्या एमालेले  माओवादी बाहेक फोरम र नयाँ शक्तिसँग मिल्दा पनि  पुर्याउन सक्छ । प्रतिनिधिसभामा एमालेको १२१ र फोरमको १६ र नयाँ शक्तिको १ सांसद छन् । यसरी हेर्दा जोड्दा १३८ पुर्याएर एमालेले माओवादीलाई बाइपास गर्दै नयाँ सरकार गठन गर्न सक्छ । यही बुझेर ओलीले फोरम अध्यक्ष यादवसँग छलफल चलाएको  एमालेका एक नेताले बताएका छन् ।