काठमाडौ पुस, ११–
प्रभुु बैंकले तारकेश्वरमा नयाँ शाखा खोलेको छ । बैकले मंगलबार काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैजुमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
तारकेश्वर नगरपालिकाका मेयर श्री रामेश्वर बोहोराले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । प्रभु बैंक लि. र साविक ग्राण्ड बैंक नेपालबीचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभु बैंकको शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।
मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।