गोरखा पुस, १०–
चुनाव हारेपछि पहिलोपटक गोरखा पुगेका माओवादी केन्द्रका नेता नारायण्काजी श्रेष्ठले आफूले जनताले स्वीकार नगरेकाले हारेको बताएका छन् । निर्वाचन पछि माओवादी केन्द्र गोरखाको निर्वाचन समिक्षा बैठकमा नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।
उनले पार्टीबाटै असहयोग भयो भन्ने कुरा हल्ला मात्रै भएको समेत प्रष्ट पारे । ‘अध्यक्षले नै असहयोग गर्नुभयो भन्ने हल्ला पनि चलाए तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘सबैले सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।’ नेता श्रेष्ठले मतदाताहरुलाई धन्यवाद दिम्दै आफुले हारे पनि देशैभर वामपन्थीको शानदार विजय भएकोले खुशी रहेको बताए । उनले एमाले र माओवादीबीचको पार्टी एकता चाँडै हुने समेत जानकारी गराए ।