बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिस्सा नपाएपछि सुमार्गीको पैसामा गिद्धे नजर लगाउने को ?

सोमबार, पुष १० २०७४

 

काठमाडौं पुस, १०–
 सम्पत्ति एकजनाको । दाबी अर्कैको । अर्काको सम्पत्तिमा ¥याल चुहिएपछिको घटना एकाध मिडिया हाउसका लागि समाचारको हेडलाइन बनेको छ । विषय अजयराज सुमार्गीको हो । तर यो घटना बुझ्न एक सञ्चार उद्यमीको वास्तविकता बुझ्नु पर्ने हुन्छ । उनको वास्तविकता बुझ्न अलिकति ‘फ्ल्यास ब्याक’मा जानै पर्ने हुन्छ । 
सन् १९९५ तिरको कुरा हो । त्यो बेलाको कांग्रेस सरकारले मच्चाएको एक काण्ड थियो । त्यो काण्डलाई सामान्य मानिसले प्रकृति, प्रक्रिया र कानुनी अर्थमा बुझ्दैनन् । त्यसलाई अहिले पनि धेरै मानिसहरुले ‘एलसी काण्ड’ का नामबाट चिन्ने गर्छन् । मल आयात गर्दा कागज मिलाएर विदेशी मुद्रा अपचलन गरिएको त्यो घटनाका एक सूत्राधार थिए प्रकाश टिवडेवाल । उनलाई साथ दिनेहरुमा लोकमान सिंह कार्की, महेश आचार्यलगायत थिए ।  त्यसको ‘तर’ मार्नबाट वञ्चित रहे सिरोहिया थरका एक मिडिया ‘टाइकुन’ । 
समाचार स्रोतका अनुसार ति टाइकुनसँग प्रकाश टिवडेवालले रक्सीमात्रै साटासाट हुँदैन थियो, केटी पनि साटेर काम चलाउँथे  चरेस काण्डका फरारी मस्कुर लारीको एभरेष्ट होटलको एउटा कोठा तिनै ‘टाइकुन’ (सञ्चारउद्यमी) लागि सधैजसो बुक नै हुने गथ्र्यो । एलसी काण्डमा ‘तर’ मार्न नपाएपछि उनले आफ्नो प्रकाशन गृहबाट १०–१२ जना पत्रकारलाई एलसी काण्डको उछितो काढ्न परिचालन गरेका थिए । त्यसको एकमात्रै कारक थियो – एलसी काण्डमा नपाएको हिस्सा । 
त्यही प्रवृत्ति केही महिनाअगाडि एक केबलकार सञ्चालकसँग पनि दोहोरियो । केबलकार सञ्चालकको अपराध त्यही थियो कि उनले तिनै सञ्चार उद्यमीलाई बेवास्ता गर्दै आफ्नै बलमा व्यवसाय सञ्चालन गर्न खोजे । उद्यमीले सेयर मागे । उनले ‘दिन्न’ भने । उनीविरुद्धको कथित समाचारको जेहाद छेडियो । कुरा मिलाउन बाध्य भए । त्यसपछि सुशासनका लागि श्रृंखलाबद्ध आउने भनिएका खबरहरु रोकिए ।
त्यो भन्दा अगाडिको पनि एक प्रशंग ठ्याक्कै मिल्छ । तीनकुनेमा तिनै ‘टाइकुन’को १० रोपनी जमिन थियो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको ऋण तिर्न नसकेपछि त्यो जमिन  बैंकको अधिनमा थियो । खराब ऋणी त जग्गाधनी हुने नै भए । त्यो जमिन करोडौं खर्चेर अजयराज सुमार्गीले खरिद गरे । ‘टाइकुन’लाई डुब्नबाट सुमार्गीले नै जोगाए । 
कुनै समय देशकै लागि चर्चाको एक काण्ड थियो, त्यो हो ‘नक्कली भ्याट’ प्रकरण । त्यसमा ठूला भनिएका उद्योग सञ्चालक र ठूला भनिएका मिडिया सञ्चालक पनि नमुछिएका होइनन् । कुरा मिडियामा नआएको पनि होइन । आफ्नो बल र पहुँचमा त्यो कुरालाई कहिले नउठ्ने गरी बसाइयो । नेपालमा आफूले जे गर्दा पनि हुन्छ तर अरुले गर्दा काण्ड हुन्छ । सदियौंदेखि चलिआएको प्रक्रिया पनि यहि हो । देश र राष्ट्रका निमित्त हित कसले कति र कुन अवस्थामा गर्छ भन्ने कुरा सिकाइरहनु भन्दा आफूतिर पनि एक पटक फर्केर हेर्दा छर्लङ्ग हुन्छ । 
तुरुन्तै करोडौं रुपैयाँको बन्दोबस्त गर्न सक्ने सुमार्गीको ल्याकत देखेर ती सञ्चार उद्यमीको सैतानी दिमाग क्रियाशील भयो । सुमार्गीसँग भएको बाँकी पैसामा पनि अब उनले हिस्सा खोज्न थाले । जबकी त्यसमा कतै र कुनै हिसाबाबाट पनि उनको अधिकार लाग्ने थिएन । हक नै नलाग्ने रकम  ‘टाइकुन’ले पाउने कुरै थिएन । तर उनले ‘अवैध रकम’ नामबाट सुमार्गीविरुद्ध निरन्तर जेहाद छेडि नै रहे । त्यो अनवरत अहिले पनि चलिरहेको छ । यो तथ्यमा धेरैजसो मानिसहरु पुग्न सकेका छैनन् । कुनै अखबारले प्रकाशन गरेको समाचार नै अन्तिम मानेर पत्याउनेहरुका लागि अहिले ती ‘टाइकुन’ राष्ट्रिय नायक र सुमार्गी खलनायक बनेका छन् । 
सुमार्गीको पैसा अवैध प्रमाणित गराउन दत्तचित्त रहेका उनी आफै भने सोही पैसाबाट डुब्नबाट जोगिएका थिए । त्यो रकम अवैध थियो भने सुमार्गीबाट उनले चाहिँ किन लिए त पैसा ? यो प्रश्न पेचिलो बनेको छ । 
देशको कुनै पनि कुनाबाट काठमाडौंमा टेलिफोन गर्दा मिनेटकै १५ रुपैयाँ तिर्नु पथ्र्यो । त्यो अस्तिकै कुरा हो । बुढा भएका बाबुआमासँग टाढा भएका छोराछोरीले पाँच मिनेट कुरा गर्दा त्यो बेला ७५ रुपैयाँ खर्च हुन्थ्यो ।  जबकी त्यही बेला दिनको आय मानिसहरुको ६४ रुपैयाँ हुन्थ्यो । सरकारले महिनामा दिने १०० रुपैयाँबाट वृद्ध बाबुआमा आफ्ना छोराछोरीसँग टेलिफोन बुथसम्म पुगेर कुरा गर्थे । 
नेपालमा निजी क्षेत्रको टेलिकम कम्पनी भित्र्याएर टेलिफोन महशुलको दरमा क्रान्तिकारी बदलाव ल्याउने जस यदि केही मानिसमा जान्छ भने त्यहाँ अजयराज सुमार्गी छुट्दैनन् । उनले विदेशमा रहेको पैशा नेपाल ल्याएर उद्योग, कलाकारखानामा लगानी गर्छु भन्दा उनीविरुद्धको आक्रमण सुरु भएको छ । सरकार वैदेशिक लगानीलाई प्रोत्साहन गर्छ । विदेशीले नेपालमा लगानी गरेर नाफा आफ्नै देश लैजान्छन् ।  नेपालीले गर्ने लगानी नेपालमै बस्छ । नाफाले नेपालमै अरु कम्पनी खुल्छन् । तर यस्ता लगानीकर्तालाई सरकार आफैले निरुत्साहित गर्ने, हजारौंले रोजगारी पाउने अर्बौं रुपैयाँ रोक्ने जस्ता घातक काम भइरहेका छन् । 
देशका राष्ट्रपति नेता सबैले लोकतन्त्रवादी वा वामघटकसँग सुमार्गीलाई अत्यन्त मन पराउँछन् । यसो गर्नुको कारण भनेको सुमार्गीको सामाजिक सद्भाव, धार्मिक सद्भाव, राष्ट्रप्रेम नै हो । सुमार्गी भारतका एक शक्ति हुन् । भारतले आप्m्नो इशारामा सुमार्गीलाई ब्यालेन्स गर्न खोज्दा उनले भारतलाई ‘नेपाल मेरो देश हो । तपाईहरुले बोल्नु पर्दैन’ भन्ने गर्थे । अहिले राज्य र केही माफियाहरुले किन सुमार्गीमाथि प्रहार गरिरहेका छन् ?  यो खोजीको विषय बनिरहेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।