बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र ‘हिरो रिर्टन्स’ को रिलिज मिति तय

आइतबार, पुष ९ २०७४

 

काठमाडौं पुस, ९–
लामो  समयसम्म प्रदर्शन हुननसकेको नेपाली चलचित्र ‘हिरो रिटन्र्स’ को  अफिसियल रिलिज घोषणा भएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म चलचित्र प्रदर्शनको मिति तय नभएपछि   निर्माण युनिटले  फिल्मको रिलिज लक गरेको हो । यो चलचित्र नयाँ बर्ष २०७५ को बैशाख २८ गते दर्शकमाझ आउने पक्का भएको हो । चलचित्रमा मुख्य भूमिाका निभएका अभिनेता तथा निर्माता सविन श्रेष्ठले यो कुराको पुष्टि समेत गरेका छन् । यो चलचित्रमा अभिनेता सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको  छ ।   संयोग कस्तो परेको छ भने चलचित्र ‘हिरो’ मार्फत नेपाली चलचित्रमा डेब्यु गरेकी चर्चित नायिका रेखा थापा भने त्यतिबेला आफ्नै फिल्मको प्रमोशनमा लाग्ने  पक्का जस्तै छ । 

अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको भन्दै केहि कुराहरु चित्तबुझ्दो  लागेकाले ‘रि सुट’को आवश्यकता देखिएकाले प्रदर्शन मिति ढिलो भएको स्वीकार समेत गरेका छन् ।  उनका अनुसार फिल्ममा समवेश केहि दृश्यहरु पुनः छायाँकन गरिएको  हो  । आशिष भेटवालको निर्देशन रहेको  चलचित्रमा शिवम अधिकारीको कथा छ  मदनकाश्यप घिमिरेको छायांकन रहेको छ ।  चलचित्रमा  दिपक शर्मा र टंक बुढाथोकीले संयुक्त रुपमा  संगीत दिएका छन् भने  कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ । 

सविन फिल्मस् को ब्यानरमा बनेको यो  चलचित्रमा कार्यकारी निर्माता भने चन्द्र गौतम रहेका छन् । चलचित्रका अन्य  निर्माताहरुमा    भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने रहेका छन् । उपत्यकामा चलचित्र वितरणको जिम्मा  गोविन्द शाहीले लिएका छन् ।

यद्यपि नेपालमा चलचित्र प्रदर्शनमा आउनु अघि  कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । फिल्मको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ । लण्डन सहितका सबै ठाउँमा आउँदो फेब्रुअरीमा फिल्म स्कृनिङ हुने सविनले बताए ।