बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावमा असहयोग गरेकालाई थाल्यो माओवादीले कारबाही, साधारण सदस्य समेत नरहने गरी दुईजना निष्कासन

आइतबार, पुष ९ २०७४

काठमाडौं पुस, ९–
माओवादी केन्द्रले गएको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेतालाई कारबाही गर्ने भएको छ ।  प्रदेश र प्रतिनीधिसभा सदस्य निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्दै पार्टी हित विपरित काम गरेको आरोपमा कारबाही गर्न लागेको जनाएको छ । 

बिरगंज क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेकी उर्मिला अर्याललाई असयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई कारवाही गरेको माओवादीले जनाएको छ  । केन्द्र पर्साले  उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जानकारी गराएको छ । 
ति दुई मध्ये मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।