बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साताको अन्तिम दिन पनि नेप्सेमा उच्च गिरावट, कारोवार रकम पनि घट्यो

बिहिबार, पुष ६ २०७४

 
काठमाडौ पुस, ६–
बिहिबार पनि नेप्से १२ दसमलव ३२ अंकले घटेर १४ सय ७२ दशमलव १५ अंकमा झरेको  छ । सेन्सिटिभ पनि दुुई दशमलव ७४ अंकले घटेर तीन सय नौ दशमलव ९४ बिन्दुुमा झरेको छ । एक सय ५३ कम्पनीहरुको पाँच हजार एक सय दुुई वटा कारोबारमा नौ लाख ९० हजार नौ सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४७ करोड ५८ लाख ३७ हजार चार सय ११ रुपैयाँ पुुगेको छ । 
आज कुुल १० वटा समुहको कारोबार भएकोमा उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक घटेका छन् । बीमा समुहको सुचक ७७ दशमलव ६१ अंकले घटेर सात हजार छ सय दशमलव ४४ अंकमा पुुगेकोमा सात करोड पाँच लाख ९१ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैक समुहको सुचक छ दशमलव दुुई अंकले घटेर १२ सय ६० अंंकमा पुुगेकोमा २० करोड १९ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक १९ दशमलव ३५ अंकले घटेर १६ सय ८३ दशमलव ८८ अंकमा पुुगेकोमा चार करोड २५ लाख ८९ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचकपनि २२ दशमलव ४७ अंकले घटेर १९ सय ९० दशमलव छ बिन्दुुमा झरेकोमा दुुई करोड ४० लाख ६४ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स समुहको सुचक दुुई दशमलव ७८ अंकले घटेर सात सय ४९ दशमलव २४ अंकमा कायम रहेकोमा एक करोड ४४ लाख ५८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
ट्रेडिङ, होटल, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज गिरावट आएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ महुली सामुुदायिक लघुबित्त संस्था २२११ ६.०४
२ ललितपुर फाईनान्स १९२ ५.४९
३ प्रोग्रेसिभ फाईनान्स २३९ ५.२९
४ सिन्धुु बिकास बैंक १८२ ४
५ ङादी ग्रुप पावर लिमिटेड २५९ ३.६०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ बिजय लघुबित्त बित्तीय संस्था ९२८ ५.६९
२ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १७० ४.४९
३ प्रिमियर इन्स्योरेन्स कम्पनी १४६९ ४.२३
४ सिर्जना फाईनान्स ४४८ ४.०६
५ कुुवेर मर्चेन्ट फाईनान्स २०१ ३.८२