काठमाडौं पुस, ५–
दुई जना विदेशी नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ भारत रक्सौलाका रमेश कुमार र रसियन नागिरक भिक्टोर छिगानोभ लागूऔषध एम्पुलसहित पक्राउ परेका हुन् ।
बुधबार नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पुलसहित रमेशलार्इ र एक किलो ४ सय ग्राम चरेससहित भिक्टोरलार्इ पक्राउ गरेको जानकारी गराएको हो ।
ब्यूरो प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक ठूले राईले एम्पुल सहितको लागुऔषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट भारत रक्सौलका रमेशलाई सोमबार पक्राउ गरिएको तथा भिक्टोरलार्इ भने मंसीर २९ गते १ किलो ५ सय ग्राम चरेससहित पक्राउ गरिएको जनाए । उनका अनुसार घटनाको अनुसन्धान भैरहेको छ ।