बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभाको गठनपछि मात्र सत्ता सुम्पने सरकारी जवाफ, नियुक्ति, सरुवा तथा बढुवा निरन्तर– सञ्चारमन्त्री बस्नेत

मंगलबार, पुष ४ २०७४

काठमाडौं पुस, ४– 
मंगलबार सरकारले राष्ट्रिय सभाको गठनपछि मात्र सत्ता सुम्पने वाम गठवन्धनलाई जवाफ दिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चामन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रम मार्फत  नयाँ सरकार गठनका लागि  मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको वाम गठबन्धनलाई प्रष्ट जवाफ दिएका हुन् । 

मन्त्री  बस्नेतले सरकारले  अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले  स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताए । 

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  मन्त्री बस्नेतले  अध्यादेश रोकिँदा  प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए । 

कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभाको सिट बाँडफाड गरि व्यक्ति एकिन भएपछि सरकार गठनको प्रक्रिया शुरु हुने उनको भनाई छ । 
वर्तमान सरकार कानुनी जटिलता निम्त्याएर सरकारको आयु लम्व्याउने पक्षमा नभएको उनको तर्क थियो । 

 प्रत्यक्षको तर्फको नतिजा हेरेर अबधारणा बनाउनु एकांकी हुने सरकारको दावी छ । सरकारको पक्षबाट पेस गरिएको अध्यदेशलाई दुई महिना अघि देखि राष्ट्रपतिले रोकिराखेको प्रति दुखेसो पोख्दै उनले राष्ट्रपति दलिय अनुकुलतामा प्रयोग गर्ने दुस्प्रयासको आभास भएको बताए । 

सम्पन्न निर्वाचन पछि बिपक्षी दलमा अहंमता बढेको आरोप समेत लगाए । 

सरकार कामचलाउ बनेकोले सरुवा बढुवा तथा नियुक्त नगर्न विपक्षीको कडा चेतावनीलाई चुनौती दिदैं बस्नेतले वर्तमान सरकार रहुन्जेल नियुक्ति, सरुवा तथा बढुवा जारी रहने बताए ।