बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से आज पनि रातै

मंगलबार, पुष ४ २०७४

 
 
काठमाडौं पुस, ४–
नेप्से आज पनि रातै देखिएको छ । नेप्सेका सबै सुचकहरु घटेपछि नेप्से पुरै रातो देखिएको हो । आज नेप्से १४ दशमलव ४९ अंकले घटेर १४ सय ९३ दशमलव ७६ अंकमा झरेको छ भने सेन्सिटिभ ३ दशमलव ५ अंकले घटेर ३ सय १४ दशमवल ७५ अंकमा झरेको छ । १ सय ६६ कम्पनीहरुको ५ हजार १ सय ९२ वटा कारोबारमा १४ लाख ५ हजार ९ सय ७१ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ५९ करोड ९३ लाख ७६ हजार ३ सय २१ रुपैयाँ पुुगेको छ ।
आज कुुल १० वटा समुहको कारोबार भएकोमा बीमा समुहको सुचक ५९ दशमलव ६७ अंकले घटेर ७ हजार ७ सय २१ दशमलव ५४ अंकमा पुुगेकोमा ७ करोड ५८ लाख ६३ हजार ६ सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैक समुहको सुचक ७ दशमलव ३६ अंकले घटेर १२ सय ७२ दशमलव ६३ अंकमा पुुगेकोमा १९ करोड ५४ लाख ६९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक ३२ दशमलव ९ अंकले घटेर २१ सय २८ अंकमा कायम रहेकोमा ८७ लाख ७४ हजार ५ सय ४० रुपैयाँको सेयर कारोबार भएको छ । फाईनान्स समुहको सुचक ४ दशमलव ७ अंकले घटेर ७ सय ५३ दशमलव १६ अंंकमा कायम रहेकोमा १ करोड ४८ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ  ।
यसबाहेक बिकास बैक, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुुलक, लघुबित्त र अन्य समुहले पनि आज गुुमाएकाछन । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ अरुण फाईनान्स १८१ ९.७०
२ समता माईक्रो फाईनान्स ५३६ ४.८९
३ कुुवेर मर्चेन्ट फाईनान्स   २०४ ३.०२
४ कैलास बिकास बैंक २४४ २.५१
५ शाईन रेसुुंगा डेभलपमेन्ट बैंक ४०४ १.९८
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १७३ ५.९७
२ हिमालयन डिष्ट्रिलरी प्राली ११९२ ५.७७
३ नेपाल टेलिकम ९०० ४.२५
४ नेशनल हाईड्रो पावर कम्पनी ११८ ४.०९
५ मितेरी डेभलपमेन्ट बैंक ३५९