काठमाडौं पुस, ३–
कानुन मन्त्री यज्ञबहादुर थापाले राष्ट्रपति भण्डारीसँग राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गरेका छन् ।
उनले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश संविधान सम्मत भएको दावी समेत गरे । सोमबार काठमाडौंको एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी नगरेर मुलुकलाई चक्रव्यूहमा फसाउन नहुने प्रष्ट पारे ।
राष्ट्रिय सभाको निर्वाचन नभई संघीय संसद नबन्ने र प्रतिनिधिसभाले पनि पूर्णता नपाउने उनको भनाई थियो ।
राष्ट्रिय सभाको निर्वाचन नभई नयाँ सरकार बन्न नसक्ने मन्त्री थापाको तर्क छ । उनले बाम गठबन्धनका नेताहरुले प्रतिनिधिसभाबाटै सरकार निर्माण हुने भनि गरिएको तर्क उपयुक्त नभएको भन्दै आपत्ति जनाए ।
मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन भएपछि मात्रै नयाँ सरकार बन्ने बाटो खुला हुने पनि बताए ।
उनले ं राष्ट्रिय सभाको निर्वाचन गर्न ढिलाई भए सरकार गठन प्रक्रियामा पनि ढिलाई हुने स्पष्ट पारे ।