काठमाडौं पुस, ३–
अहिलेकी चर्चित नायिका प्रियंका कार्कीले आफ्नो ब्वाइफ्रेन्ड आयुसमान देशराजको जन्मदिन कार्यक्रममा सरिक भएकी छिन् । नेपाली फिल्मका नायक समेत रहेका प्रियंकाका बोईफ्रेन्ड देशराजको २५ औं जन्मदिन समारोहको बर्थडे पार्टीमा सहभागी नायिका कार्कीले ब्वाइफ्रेन्ड आयुसमानलाई जन्मदिनको शुभकामना समेत व्यक्त गरेकी थिईन् ।
केही समय पहिले एउटा नेपाली चलचित्र सम्बन्धि कार्यक्रममा ब्वईफ्रेन्ड आयुसमानलाई सार्वजनिक स्थानमै किस खाँदा यो जोडीको निकै चर्चा परिचर्चा समेत भएको थियो । नायक आयुसमानको बर्थडे समारोहमा नायिका प्रियंका सँगै आयुसमानका एकदमै नजिकका केही साथी भाईको मात्र सहभागीता रहेको थियो । नायक आयुसमानलाई हाम्रो पनि जन्मदिनको शुभकामना । उनका आउदा अझै उज्वल बन्न सकुन् ।