बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तंग्रियो कांग्रेस समानुपातिकले

सोमबार, पुष ३ २०७४

३ पुस, काठमाडौं–
गत १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक ‘पोजिसन’ बनाएको छ । प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ। कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो। समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ ।

आजको अन्नपूर्णमा खबर छ,एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए। ‘कांग्रेसलाई मतदान गर्नेको संख्या बढ्यो, मत बढ्यो र कांग्रेस सकिएको छैन भन्ने सन्देश जनता जनार्दनबाटै प्राप्त भयो’, पौडेलले भने, ‘तर प्रधानमन्त्रीको पदकै लागि मरिहत्ते गर्दा प्रत्यक्षतर्फ पार्टी जोगिएन ।’