बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुुक्तिनाथ बिकास बैंकको ११ प्रतिशत व्याज सहितको निक्षेप योजना सुरु

आइतबार, पुष २ २०७४

काठमाडौ पुस, २–
मुक्तिनाथ बिकास बैंकले ११ प्रतिशत व्याजदर सहितको ट्रिपल टुु ट्रिपल धमाका नामक मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले यही  पुस १९ गते आफ्नो स्थापनाको ११ औं वर्ष सफालतापूर्वक पुरा गरी १२ औं वर्षमा प्रवेश गर्दैछ । 
बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा निक्षेपकर्ताहरुको लागि आकर्षक विशेषता सहितको सुपर प्रिमियम बचत तथा ट्रिपल टुु ट्रिपल धमाका नामक निक्षेप खाता सञ्चालनमा ल्याएको हो । 

उक्त योजना अन्तर्गत न्यूनतम मौज्दात ५ हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने छ भने २ सय २२ दिने मुद्दती खातामा न्यूनतम १० हजारमा खोल्न सकिने र त्यसमा ११ प्रतिशतका दरले त्रैमासिकरुपमा व्याज भुक्तानी गरिने बैैकले जानकारी दिएको छ । साथै यस योजना अन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निशुल्क भिसा डेबिटकार्ड, निशुल्कमोबाईल बैंकिङ तथा निशुल्क ईन्टरनेट बैंकिङ्ग प्राप्त गर्न सकिने छ । यो योजना बैंकको १२ औं बार्षिकोत्सवको अवसरमा संचालन गरिएको हुँदा मिति २०७४ पौष २ गते देखि सुरु भई सीमित अवधिको लागि मात्र लागु गरिने छ । यो योजना अन्तर्गत व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु सहभागी हुन पाउनेछन् । यो योजना बैंकका ७२ वटै शाखा मार्फत लागु गरिएको छ ।