काठमाडौं पुस, २–
मूलुककै सबैभन्दा ठुलो प्रशासनिक केन्द्र सिंहदरबार समेत चोरीको घटना घटे भन्दा धेरैले जिव्रो टोक्न सक्छन् । तर, देशकै सबैभन्दा बढी सुरक्षित स्थान सिंहरदरबारमा चोरीका घटना बढेको छ । सिंहदरबारबाट ल्यापटप र मोबाइल हराएका कुरा त सामान्य जस्तै भैसकेका थिए तर,स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटा टायर समेत चोरी भएका छन् ।
शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्याएर गाडी चालक श्रीकृष्ण श्रेष्ठले सिंहदरबारभित्रै पार्किङ गरेको गाडीको
आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।
सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्मित परेका छन् । गाडी पार्किङ्ग गरेको स्थान र सेना र प्रहरीको ड्यूटी स्थल मुस्किलले २० मिटरको दुरीमा छ ।
प्रहरीले भने चोरी कार्य ड्राइभरहरुबाटै हुनसक्ने आशंका गरेको छ ।
अरुलाई गाडीका पार्टपूर्जा सम्बन्धी जानकारी नहुँने भएकोले ड्राइभरहरुले नै यस्तो गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्छ ।