२९ मंसिर, काठमाडौं–
निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ। एटीएम कार्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नती नगर्दा धेरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो। यो खबर आजको कान्तिपुरमा छ ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले ‘चिप’ (ग्राहकको महत्वपूर्ण विवरण रहेको विद्युतीय औजार) मा आधारित कार्ड बनाइसकेका छन्। तर, कार्डमा प्रयोग गरिएका ‘चिप’ पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती गरेका छैनन्। यसकारण एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो।
चिपमा भएको ग्राहकको विवरण नक्कल(कपी) गर्न सकिदैन। चिप नभएको (म्याग्नेटिक कार्ड) मा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ। यसकारण चिप नभएको भन्दा भएको एटीएम कार्ड बढी सुरक्षित हुन्छ। बैंकहरुले चीप पढन सक्ने गरी एटीएम मेसिन स्तरोन्नती नगर्दा कार्डमा रहेको ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ। यही कमजोरीको फाइदा उठाउँदै अपराधीले एटीएमबाट पैसा चोरी रहेका छन्।
भिजा कार्ड प्रदायक कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गत असोज १५ सम्म सबै एटीएम मेसिनहरु ‘युरोप मास्टर कार्ड एन्ड भिजा’ (इएमभी) अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो। त्यसैअनुसार केही बैंकले स्तरोन्नती थालनी गरेपनि अधिकांशले गरेका छैनन्। निर्धारित समयभित्र एटीएम मेसिनहरु स्तरोन्नती नगर्ने बैंकहरुमा कार्डमार्फत पैसा चोरीका घटना भएमा त्यसबापतको क्षति भिजा कार्ड प्रदायक कम्पनीले नबेहोर्ने स्पष्ट पारिसकेको छ।
यसकारण त्यस्ता घटनामा भएको क्षति सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने भएकाले वित्तीय जोखिम बढेको हो। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा एटीएम कार्डमार्फत रकम चोरीका घटना भइरहेका छन्। गत असोज यता यस्ता घटनाको क्षति सम्बन्धीत ‘कार्ड भेन्डर’ कम्पनी ९भिजा० ले बेहोर्ने छैन। ग्राहकलाई भने यसको असर पर्ने छैन। कार्डमार्फत ग्राहकको खाताबाट पैसा चोरी भए पनि बैंकले क्षतिपूर्ति गर्ने भएकाले ग्राहकलाई असर नपर्ने भएको हो।
बैंकर्स संघका पूर्व अध्यक्ष शशिन जोशीले तोकिएको समयमा एटीएम कार्ड र मेसिन स्तरोन्नती नगर्ने बैंकमा वित्तीय जोखिम उच्च रहने बताए। ‘एकातिर राष्ट्र बैंकको निर्देशन पालना नगरेको ठहर्छ,’ उनले भने, ‘अर्कातिर वित्तीय जोखिम बढछ।’ हाल आफू आवद्ध नबिल बैंकले साढे २ वर्ष अघि नै चिपमा आधारित कार्ड जारी गरेको बताउदै उनले भने, ‘पीओएसरपीओटी टर्मिनल पनि स्तरोन्नती भइसकेको छ। एटीएम स्तरोन्नती गर्ने काम सुरु भएको छ। २र३ सातामा त्यो पनि पूरा हुन्छ।’ अरु केही बैंकहरुले अझै पनि निर्देशित मापदण्ड पूरा नगरेको सुन्नमा आएको उनले बताए।
अधिकांश बैंकहरुले एटीएम कार्डमा चिप राखिसके पनि थोरैले मात्र एटीएम स्तरोन्नती गरेको संघका पूर्व अध्यक्ष अशोक राणाले स्वीकार गरे। ‘जोखिम छ भन्ने थाहा हुदाँहुदै खै के कारणले स्तरोन्नती गरेका छैनन,’ राणाले भने, ‘पैसा खर्च गर्न डराएका हुन् की रु’ आफू आवद्ध हिमालय बैंकले एटीएम कार्ड, पिओएसरपीओटी र एटीएम मेसिन स्तरोन्नती गरिसकेको उनको दाबी छ।
भिजा र मास्टर कार्ड प्रदायक कम्पनीले यसअघि सन २०१५ सम्ममा एटीएम मेसिन इएमभी अनुसार स्तरोन्नती गर्न आग्रह गरेको थियो। त्यही समयमा विनाशकारी भूकम्प आएपछि उक्त समयावधि बढाए २०७४ असोज १५ सम्म पुर्याएइको थियो। मास्टर कार्डले फेरी ६ महिना अवधि बढाएर आगामी वैशाखसम्मको समय दिएको छ। भिजाले समय बढाएको छैन। यसको अर्थ ती बैंकहरुमा कुनै घटना भए बैंक स्वयम्ले क्षतिपूर्ति तिर्नुपर्छ।
एटीएम कार्ड तथा एटीएम मेसिन स्तरोन्नतीका लागि राष्ट्र बैंकले दिएको निर्देशन अधिकांश बैंक तथा वित्तीय संस्थाले पालना गरेका छैनन्। कार्ड लगायत विद्युतीय कारोबार सुरक्षित बनाउने उद्देश्यले राष्ट्र बैंकले विभिन्न निर्देशन दिए पनि धेरै बैंक तथा वित्तीय संस्थाले पालना नगरेका हुन।