इलाम मंसिर, २८–
इलाममा गोलीसहित हतियार भेटिएका छन् । इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ वटा पेस्तोल र ८ राउण्ड गोली भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम नगरपालिका–८ को तिल्केनीको गोरेटो बाटोमा भारतीय कम्पनीका पेस्तोल भेटिएको हो । प्रहरीका अनुसार उक्त पेस्तोल कसले र किन राख्यो भन्नेबारे अनुसन्धान भैरहेको छ ।