बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

६० जिल्लाको समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति मत प्राप्त गरे ?

बिहिबार, मंसिर २८ २०७४

काठमाडौं मंसिर, २८–
निर्वाचन आयोगले बिहिबारसम्म गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ  ६० जिल्लाको मतगणना सम्पन्न भैसकेको जनाएको छ । 

 आयोगका अनुसार अहिले १७ जिल्लामा मतगणना कार्य जारी रहेको  छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली काँग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम, नेपालले ३ लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९५ हजार ४४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी, नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४०१ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् ।

 प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य भने  हिजै सम्पन्न भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।