बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साँग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ८ करोडको हकप्रद निष्काशन गर्ने

बिहिबार, मंसिर २८ २०७४

काठमाडौ मंसिर, २८–
साँग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ८ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी  १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७ सय ५० रुपैयाँ मध्येबाट १० बराबर आठको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १ करोड ८ लाख ६७ हजार सात सय ९८ दशमलव ५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक प्रभुुु क्यापिटल मार्फत यही पुुस १७ गतेबाट खुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य माघ २१ गतेसम्म कायम रहने छ । अधिकृत पुंजी दुुई अर्ब ५० करोड रुपैयाँ रहेको बैकको जारी पुंजी भने दुुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने बैकको चुक्ता पुंजी दुुई अर्ब ४४ करोड ५२ लाख ५४ हजार छ सय रुपैयाँ नै पुुग्ने छ । बैकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।