काठमाडौं मंसिर, २७–
नेप्से सुचक बढेपनि कारोवार रकम भने आज अघिल्लो दिनको तुुलनामा घटेको छ । बुुधबार नेप्से १० दशमलव ५३ अंकले बढेर १५ सय २० दशमलव ७४ अंकमा चढेको छ । सेन्सिटिभ पनि २ दशमलव २ अंकले बढेर ३ सय २० दशमलव २४ अंकमा चढेको छ । कुुल १ सय ६४ कम्पनीहरुको ३ हजार ८ सय ७७ वटा कारोबारमा १० लाख ४३ हजार ८ सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४८ करोड ५९ लाख ११ हजार २ सय ९८ रुपैयाँ पुुगेको छ ।
आज सबैगरी कुुल १० वटा समुहको कारोबार भएकोमा सबै समुहको सुचक बढेपछि नेप्से पुरै हरिेयो भएको छ । बीमा समुहको सुचक ५२ दशमलव ४८ अंकले बढेर ७ हजार ९ सय १५ दशमलव ४१ अंकमा पुगेकोमा ६ करोड ३८ लाख ३१ हजार २ सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैैंक समुहको सुचक ८ दशमलव १५ अंकले बढेर १२ सय ९७ दशमलव ७१ ंअकमा पुुगेकोमा २१ करोड ८० लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैैक समुहको सुचक ५ दशमलव ७३ अंकले बढेर १७ सय ४९ दशमलव ८१ अंंकमा पुुगेकोमा १ करोड ६९ लाख ८३ हजार ४ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि ९ दशमलव ८२ अंकले बढेर २ हजार ८० दशमलव ३१ अंकमा पुुगेकोमा ३ करोड ६७ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । फाईनान्स समुहको सुचक पनि १ दशमलव ९४ अंकले बढेर ७ सय ५६ दशमलव १७ अंकमा कायम रहेकोमा १ करोड ९७ लाख ४४ हजार ९ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
ट्रडिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको कारोबार सुचकमा पनि आज बढेको छ । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ कुुवेर मर्चेन्ट फाईनान्स २०५ ९.६३
२ ललितपुर फाईनान्स १९५ ९.५५
३ बोटर्लस नेपाल (तराई) ७१४० ६्.०१
४ महुुलि सामुुदायिक लघुुबित्त १७३२ ६
५ एनएमबी माईक्रो फाईनान्स २०३८ ३.९८
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ प्रोग्रेसिभ फाईनान्स २१७ ३.९८
२ खानीखोला हाईड्रो पावर १५७ ३.६८
३ नेपाल हाईड्रो डेभलपर कम्पनी २४६ २.७६
४ चिलिमे हाईड्रो पावर कम्पनी १८५ २.११
५ मितेरी डेभभलपमेन्ट बैंक ५०५ १.९४