काठमाडौ मंसिर, २६–
अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ ।
मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेलक्षेत्रसँग आफ्नोे संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे । त्यस्तै आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिस्ठा कमाएको एभरेष्ट बैंकले खेलक्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे । लाजिम्पाट स्थित एभरेष्ट बैंक केन्द्रिय कार्यलयमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका नायब महा प्रबन्धक राजिब जैन,सहायक महा प्रबन्धक केशवराज पौडेल, बरिष्ठ प्रबन्धक रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।
लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौता अनुसार नगद पुरस्कार,शिल्ड,मेडल,ब्यानर र ब्यवस्थापनतर्फको जिम्मेवारी लिएको छ ।