बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा १७ अंकको भिषण पहिरो

मंगलबार, मंसिर २६ २०७४

 
काठमाडौं मंसिर, २६–
नेप्सेमा आज पनि भिषण पहिरो गएको छ ।  मंगलबार नेप्से १७ दशमलव ५४ अंकले घटेर १५ सय १० दशमलव २१ अंकमा झरेको छ भने सेन्सिटिभ ३ दशमलव ३९ अंंकले घटेर ३ सय १८ दशमलव ५४ अंकमा झरेको छ । कुुल १ सय ५७ कम्पनीहरुको ४ हजार ९ सय ५२ वटा कारोबारमा ११ लाख ८० हजार ५ सय ६३ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ६६ करोड ९२ लाख ११ हजार १ सय ८१ रुपैयाँ पुुगेको छ । 
सबैगरी आज कुुल १० वटा समुहको कारोबारमा भएकोमा उत्पादनमुुलक समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेको छ । बीमा समुहको सुचक आज नै १ सय ६६ अंकले घटेपछि बीमा कम्पनीका सेयर लगानीकर्ताहरु अत्तालिएका छन् । बीमा समुहको सुचक १ सय ६६ दशमलव १७ अंकले घटेर ७ हजार ८ सय ६२ दशमलव ९३ अंकमा झरेकोमा ११ करोड २३ लाख एक हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
 आज वाणिज्य बैक समुहको सुचक पनि १३ दशमलव ८२ अंकले घटेर १२ सय ८९ दशमलव ५६ अंकमा झरेकोमा २५ करोड २४ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ४७ दशमलव ८३ अंकले घटेर २१ सय ३५ दशमलव ८० अंकमा झरेकोमा ३ करोड ६६ लाख ९३ हजार ८ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज ८ दशमलव ७८ अंकले घटेर दुुई हजार ७० दशमलव ४९ अंकमा झरेकोमा ५ करोड १० लाख ३१ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
ट्रडिङ, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि आज उच्च अंकले घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ कावेली बिकास बैंक ३४६ ८.६४
२ खानीखोला हाईड्रो पावर १६३ ५.१६
३ सुुर्योदय लघुबित्त संस्था १२४४ ४.९८
४ महुुलि सामुुदायिक लघुुबित्त १६३४ ४.०१
५ बोटर्लस नेपाल (तराई) ६७३५ ३.८१
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १३३८० ५.८४
२ राष्ट्रिय बीमा कम्पनी १४४०० ५.५७
३ प्रुुडेन्सीयल इन्स्योरेन्स ८८२ ४.७५
४ ओरन्टल होटल समुह ६६३ ४.६०
५ मेरो माईक्रो फाईनान्स १४५७ ३.८२