बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुरु भयो कांग्रेसमा कारबाहीको बर्षा, पूर्व सहमहामन्त्री जोशी समेत कारबाहीको सिफारिसमा

मंगलबार, मंसिर २६ २०७४

 काठमाडौं मंसिर, २६–
देशभर शर्मनाक पराजय भोगेको नेपाली कांग्रेसले पार्टीलाई हराउन भूमिका खेलेको भन्दै पूर्व सहमहामन्त्री समेत रहेका नेता गोविन्दराज जोशीलाई लाई कारबाहीको सिफारिस गरेको छ । निर्वाचानमा आत्मघाती रुपमा विपक्षी पार्टीलाई जिताउन लागि परेको भन्दै कांग्रेस तनहुँले कांग्रेसका नेता जोशी लगायत अन्य दुई जनालाई कारबाहीको सिफारिस गरेको हो । 

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दर्ता गराएर निर्वाचन आयोगले खारेज गरेपछि जोशीले विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको हो ।

तनहुँ कांग्रेसका सभापति वैकुन्ठ न्यौपानेले  बरिष्ठ नेता पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी  मनोनय दर्ता गराएका जोशीले विपक्षी उम्मेदवारलाई सहयोग गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।  आयोगले उम्मेदवारी खारेजी गरेपछि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन लागेकाले जोशी र उनका समर्थक, प्रस्थावकलाई कारबाही सिफारिस गरेको उनको भनाई छ ।  सभापति  न्यौपानेले भने, ‘उहाँले योजनावद्ध रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउन लाग्नुभएको थियो ।’

जोशीसँगै प्रस्थावक, समर्थक हरिशरण पाण्डे र रामवेदव पन्थलाई कारबाही सिफारिस गरिएको छ । 

जोशीले सूर्यमा भोट हाल्न आह्वान गर्दै आफ्ना कार्यकर्ताको एमालेलाई सूची बुझाउनेदेखि कांग्रेस पार्टीकैविरुद्ध आत्मघाती काम गरेको आरोप लगाउँदै तनहुँ कांग्रेसको वैठकले जोशीसहित पाण्डे र पन्थलाई कारबाही सिफारिस गरेको हो ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजपछि जोशीले तनहुँ क्षेत्र नम्बर एकका कार्यकर्तालाई ‘हामी कांग्रेस हौं तर यसपाली हाम्रो चुनाव चिह्न सूर्य हुनेछ’ भनेर ह्विप नै जारी गरेको जोशीलाई आरोप लगाइएको छ ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएपछि आयोगले खारेजी गरेको थियो ।