बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारलाई एमालेको कडा चेतावनीः ‘कुनैपनि राजनीतिक नियुक्ति अब आउने सरकारले उल्ट्याउने पक्का छ’

सोमबार, मंसिर २५ २०७४

काठमाडौं मंसिर, २५–
नेकपा एमालेले अहिलेको सरकार कामचलाउ भएको भन्दै यो सरकारले गरेका सबै काम उल्ट्याउने चेतावनी दिएको छ । एमालेले अब बन्ने सरकारले  कामचलाउ सरकारले गरेका कामलाई  निरन्तरता नदिने भन्दै राजनीतिक नियुक्ति लगायतका कुनैपनि दीर्घकालीन निर्णय नलिन सरकारलाई कडा चेतावनी दिएको छ । 

सोमबार एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तीमा कामचलाउ सरकारलाई कुनैपनि राजनीतिक नियुक्ति नगर्न चेतावनी दिईएको छ । “प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको÷गर्न लागेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तीमा भनिएको छ । 

एमालेले प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यसैगरी गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम भएको जनाएको छ । 

बाम गठबन्धनले देशमा बहुमत ल्याईसकेको अवस्थामा सरकारले गरेको राजनीतिक नियुक्तिको एमालेले विरोध जनाएको हो ।