बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिलवाललाई कहिले ठोक्ने अर्यालले सलाम ?

सोमबार, मंसिर २५ २०७४

काठमाडौं मंसिर, २५–
मत परिणाममा अग्रता लिँदालिँदै नवराज सिलवाललाई फोनमै या मतगणना स्थलमै यो घरमै पनि मास्क लागएरै भए पनि कतिपय प्रहरीका अफिसरहरु बधाई दिन पुगेका थिए । डिआइजीबाट राजीनामा दिएपछि सिलवालको खोइरो खन्नेहरुको लर्कोले सबै आश्चर्यचकित बनेका छन् । हिजोसम्म सिलवाललाई हिरासतमा पुर्याउँदा थपडी बजाउनेहरु अहिले नवराज सिलवाल सांसद बनेपछि बधाई दिन पुगेका छन् । बधाई दिने यिनीहरु खासमा चाप्लुसी गर्न पुगेका हुन् भनेर व्याख्या पनि भइरहेको छ । 

 नेपाली कांग्रेसको सरकार आउला र प्रकाश अर्याललाई बीचमै ‘कू’ गरेर आइजिपी बन्ने सपना सजाएर बसेका जयबहादुर चन्दको सपनामा पानी खनिएकोछ । त्यो भन्दा ठूलो चोट त प्रकाश अर्याललाई नै लागेको छ । कीर्ते कागजातको अभियोगमा हिरासतमा पुर्याउने तिनै थिए – प्रकाश अर्याल । अर्याल अहिले आइजिपी छन् । यिनी आइजिपीभन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाका सबैभन्दा बफादार प्रहरी पनि हुन् । अर्यालले आफ्नो कार्यकाल सुरु भएपछि गरेको सबैभन्दा ठूलो काम भनेको नेताको सेवा नै हो । जताततै बम विष्फोट हुँदा, मानिसहरु अंगभंग हुँदा पनि नेत्रविक्रम चन्दलाई समाएर सात दिन थुन्न नसकेको असक्षमताको दाग यिनको निधारमा लागिरहेको छ । आफ्नै सहकर्मी, सहधर्मी मित्र नवराज सिलवाललाई नेताले आदेश दिएको भरमा लगेर थुन्ने अर्यालले अब उनैलाई सलाम गर्नुपर्ने दिन आयो । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल अब माननीय भए ।

माननीयलाई मुख्यसचिवले त कुर्सीबाट उठेर नमस्कार टक्रयाउनु पर्छ भने प्रकाश अर्यालले त किन नपरोस् । पुस महिनाभित्र नयाँ सरकार बनिसक्नेछ । नयाँ सरकार बनेलगत्तै कुनै पनि बेला सिलवाल प्रकाश अर्यालको कार्यकक्षमा प्रवेश गर्न सक्छन् । त्यो बेलाको दृश्य कल्पना गर्ने हो भने पनि अर्यालको अवस्था के होला अनुमान लगाउन सकिन्छ । समय र परिस्थिति सधै आफूअनुकूल हुन्छ भन्ने सोच्नु नै प्रकाश अर्यालका लागि ठूलो भूल भयो । आफैले दपेटेको व्यक्तिलाई अहिले आफैले सलाम हान्नु पर्ने अर्यालले एकमनले पनि सोचेका थिएनन् होला । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।