बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त

सोमबार, मंसिर २५ २०७४

काठमाडौं, मंसिर २५–
सरकारको तर्फबाट नेपाली चलचित्र सम्बन्धी नियम्वन गर्ने निकाय चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष पौडेललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।   करिब ५ महिना पहिलेदेखि चलचित्र विकास बोर्ड अध्यक्षविहिन बनेको थियो । 
 राजकुमार राईको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो ।  

भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपूर्तिका लागि आवेदन मागेको थियो । न्यूनतम स्नातक उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियमअनुसार निकिता योग्य ठहरिएपछि उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको बताइएको छ । 

 चलचित्र विकास बोर्डले पहिलो पटक महिला अध्यक्ष पाएको हो ।