२५ मंसिर, काठमाडौं–
प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।
अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७३ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माओवादीले प्रदेश सभातर्फ ३० र प्रदेशसभातर्फ ५७ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस १७ प्रतिनिधि र २४ प्रदेशसभातर्फ जितेको छ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ६ र प्रदेश सभातर्फ १२ स्थानमा विजयी भएको छ। राजपाले ७ प्रतिनिधि र ५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।