काठमाडौं मंसिर, २४–
नेपाल राष्ट्र बैंकले आईतबार ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकवोलको माध्यमद्वारा ५ सय ५१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैकका अनुसार वाणिज्य बैंक, बिकास बैक तथा फाईनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा रिपो बिक्री गर्न लागिएको हो । विक्री गरिने कुुल रिपो मध्येमा २८ दिने अवधिको ३ सय २५ करोड र ९१ दिने अवधिको २ सय २६ करोड रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व हुने अवधि २०७४ पुस २५ गते रहेको छ भने ९१ दिने अवधिको परिपक्व हुुने अवधि फागुुन २९ गते रहेको छ ।