बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुर १ मा नवराज सिलवालको जित पक्का, केहीबेरमै औपचारिक घोषणा हुने

शनिबार, मंसिर २३ २०७४

काठमाडौं, मंसिर २३–
निरन्तर अग्रता कायम गरिरहेका  ललितपुर क्षेत्र नं १ मा वाम गठवन्धनबाट प्रतिनधिसभा सदस्यको उम्मेदवार बनेका नवराज सिलवाल विजयी भैसकेका छन् । पूर्व डीआईजी समेत रहेका सिलवालले नेपाली कांग्रेसका उम्मेदवार रहेका अर्थ राज्यमन्त्री उदयशमशेर राणालाई फराकिलो मतान्तरले पराजित गर्दैछन् ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल सो क्षेत्रमा मतगणना चलिरहेको छ । अब ३६ सय मत मात्र गन्न बाँकी रहेको कार्यालयले जनाएको छ । तर, सिलवाल हाल आफ्ना प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाभन्दा ५ हजार ४ सय १६ मतले अगाडि छन् । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार  सिलवालले २३ हजार ५६ मत प्राप्त गरेका छन् भने राणाले १७ हजार ६ सय ४० मत प्राप्त गरेका छन् । अब चाँडै नै मत परिणाम सार्वजनिक गरी विजयी उम्मेदवारको नाम घोषणा गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।