बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निरन्तर मतान्तर फराकिलो बनाउदै नवराज सिलवाल

शनिबार, मंसिर २३ २०७४

मंसिर, २३ काठमाडौं–
सर्वाधिक चर्चामा रहेको ललितपुर क्षेत्र नं. १ मा वाम गठवन्धनका साझा उम्मेदवार नवराज सिलवालले निरन्तर अग्रता कायम राख्दै आईरहेका छन् । सिलवालले कांग्रेसका उदयशमशेर राणासँग अग्रता मात्र राखेका छैनन् हरेक पटक अग्रतालाई निरन्तर फराकिलो पनि बनाउदै लगेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार सिलवालले १० हजार ६ सय ९० मत प्राप्त गर्दा कांग्रेसका उदयशमशेर राणाले ८ हजार ६ सय ९० मत प्राप्त गरेका छन् । अहिले सिलवालले २ हजार मतान्तरले अग्रता कायम गरिरहेका छन् । निरन्तर अग्रता फराकिलो पारिरहेका सिलवालले जित हात पार्ने निश्चित जस्तै बनेको छ ।