२२ मंसिर, ओखलढुंगा–
झण्डै दोब्बर मतले पछाडि परेका ओखलढुंगाका रामहरी खतिवडाले यज्ञराज सुनुवारसँग मतान्तर घटाउदै गएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार ९१३६ मत ल्याउदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले ७७५१ मत ल्याएका छन् । खतिवडा सुरुमा सुनुवारभन्दा दोब्बर मतले पछाडि भए पनि बिस्तारै मतान्तर घटाउँदै गएका छन् ।