बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गगन थापालाई बम आक्रमण गर्ने ६ जना पक्राउ, सबैजना विप्लव समूहका

बिहिबार, मंसिर २१ २०७४

काठमाडौं मंसिर, २१–
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्रनं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई बम आक्रमण गर्ने ६ जना पक्राउ परेका छन् ।   उम्मेदवार थापालाई लक्षित गरी बिष्फोट गराएको आरोपमा पक्राउ पर्नेहरु सबै  विप्लव नेतृत्वको नेकपाका सदस्य रहेका छन् ।  

पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेष ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।