काठमाडौं मंसिर, २१–
नेपाल एसबिआई बैंकले बार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले पुस १९ गते २४ औं बार्षिक साधारण सभाको आव्हान गरेको हो ।
सभाले हाल कायम रहेको चुक्ता पुंजीको १५ दशमलव ४२ प्रतिशत अर्थात १ अर्ब ७ करोड ५१ लाख ७ हजार १ रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यसबाहेक सभाले कर प्रयोजनको लागि शुन्य दशमलव ८१ प्रतिशत अर्थात ५ करोड ६५ लाख ८४ हजार पाँच सय ७९ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।