काठमाडौ मंसिर, २०–
नेप्सेमा चुुनावी प्रभाव देखिएको छ । निर्वाचनको अघिल्लो दिन बुुधबार नेप्सेका दुुबै सुचक बढेका छन् । नेप्से ११ दशमलव ६७ अंकले बढेर १५ सय ३६ दशमलव ५४ बिन्दुुमा पुुगेको छ भने सेन्सिटिभ २ दशमलव ४१ अंकले बढेर ३ सय २३ दशमलव ६७ बिन्दुुमा पुुगेको छ । आज कुुल १ सय ६६ कम्पनीहरुको ५ हजार ८ सय ४ वटा कारोबारमा १२ लाख ५३ हजार ८ सय ५ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ६७ करोड ९३ लाख ५४ हजार ४ सय ९३ रुपैयाँ पुुगेको छ ।
कुल ९ वटा समुहको कारोबार भएकोमा ट्रडिङ समुहको सुचक २ दशमलव ४५ अंकले घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । बीमा समुहको सुचक ६८ दशमलव ६३ अंकले बढेर ८ हजार १ सय २८ दशमलव ६५ अंकमा पुुगेकोमा २० करोड ८९ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैक समुहको सुचक पनि ८ दशमलव ३ अंकले बढेर १३ सय ९ अंकमा पुुगेकोमा १६ करोड ४ लाख १२ हजार रुपैयाँको सेयर सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक पनि २३ दशमलव ९५ अंकले बढेर १७ सय ८१ दशमलव ४६ अंंकमा पुुगेकोमा ३ करोड २३ लाख ८६ हजार ५ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि ३२ दशमलव १ अंंकले बढेर २ हजार ९६ दशमलव ३ अंकमा पुुगेकोमा पाँच करोड ६० लाख ९२ हजार ९ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
आज होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको कारोवार सुचकमा पनि आज सुधार देखिएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजकबो बढेको मुल्य
१ चिलिमे हाईड्रो पावर कम्पनी २०० ७.५३
२ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १९४ ६.५९
३ रिलायन्स फाईनान्स १६० ५.९६
४ दिव्यश्वरी हाईड्रो पावर कम्पनी १६० ५.२६
५ गण्डकी बिकास बैैंक २८० ५.२६
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ हिमालयन पावर पार्टनर ४१५ २.३५
२ श्री इन्भेष्टमेन्ट फाईनान्स ४४१ २.०४
३ मल्टीपर्पोस फाईनान्स २९४ २
४ शिखर इन्स्योरेन्स (संस्थापक) ११९६ १.९६
५ सेञ्चुरी बैंक (संस्थापक) २०५ १.९१