बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पैसा बाड्न खोज्ने माधव नेपालका भाञ्जालाई स्थानीयले पाता फर्काए, हात बाँधेर गाँउ कटाए

बुधबार, मंसिर २० २०७४

काठमाडौं मंसिर, २०–
एमाले बरिष्ठ नेता माधव नेपालका भाञ्जालाई  निर्वाचन आचारसंहिता बिपरित गतिविधिमा संलग्न भएको आरोपमा स्थानियहरुले  हात वाँधेर गाउँबाट पठाएका छन्। 

नेपाल उम्मेदवार  भएको काठमाडौं २ को  निर्वाचन क्षेत्र नाङलेभारेबाट मौन अबधिमा समेत गाउँमा आएर आचारसंहिता विपरित काम गरेको भन्दै स्थानियहरुले  हात बाँधेर पठाएका हुन्। 

बुधवार दिउँसो नेपालका भाञ्जा सहितको टोली नाङलेभारेमा आचार संहिता विरोधी गतिविधीमा संलग्न भएको भन्दै स्थानियहरुले विरोध स्वरुप उनको पाता फर्काई हात वाँधेर पठाइदिएका हुन। 

काठमाडौं निर्वाचन क्षेत्र  नं२ स्थित नाङ्लेभारेको लामाटोलमा एमालेका उम्मेद्वार माधब कुमार नेपालको स्वकिय सचिब, उमेदवार नेपालको आफ्नै भान्जा नितेश पौडेल र नेकपा एमालेका केहि कार्यकर्तालाई गाउँलेहरुले गाउँबाट निकाला गरेका हुन्। 

सोझासाझा जनतालाइ प्रोलभनमा पार्ने उद्देश्यले अघिल्लो रातनै गाउँ बसेको र बैठक गर्दै गरेको खबर पाएपछि उक्त स्थानमा पुगेका स्थानिय अगुवाहरुले उनीहरुलाई गाउँबाट वाहिर्‍याएका हुन्। 

स्थानिय अगुवाहरु त्यहाँ पुग्दा उनीहरुको हातमा पछाडीबाट डोरीले वाँधेको थियो। 

स्थानियहरुले आफूहरुलाई प्रलोभनमा पार्न पैसाको अफर गरेपछि उनीहरुलाई हात वाँधेर राखेको बताएका छन्। 

स्थानियहरुले काठमाडौंमा त पैसाको वलमा मत किन्न खोज्ने एमाले सहितको गठवन्धनले ग्रामिण भेगमा के गरेको होला भन्दै प्रश्न समेत गरेका छन्।